दाङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणले नेपाली कांग्रेस अन्य दलहरुको पनि अभिभावकत्व लिने सक्ने क्षमता भएको पार्टी रहेको बताए ।
नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ ले दाङको लमहीमा आयोजना गरेको पार्टीका कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य खाणले नेपाली कांग्रेस निर्वाचनका बेला आफ्नै बलबुतामा पनि चुनाव लड्न सक्ने बताए।
खाणले भने चारैतिर गठबन्धनका कुरा सुन्छु, गठबन्धन कुनै विषय नै होइन र यसका पछि लाग्नु पनि हुँदैन भन्छु म’जनताको चाहाना र भावना कसरी पूरा गर्ने रु जनताको कांग्रेसप्रती छाएको नैराश्यतालाई कसरी कम गर्न सकिन्छ भन्ने अहिलेको मुलभूत कुरा हो र सबै तह र तप्कामा रहेका हामीले यो कुरा बुझ्न जरुरी छ’।
काङ्ग्रेसलाई देशकै पहिलो पार्टी बनाउन कसैले रोक्न नसक्ने दावी गरे । नेपाली कांग्रेसले निर्वाचन हारेमा प्रजातन्त्र समाप्त हुन सक्छ, कांग्रेसले देशको नेतृत्व गरिसकेपछि देशमा धेरै विकास भएको छ, यो कुरा हामीले जनतालाई बुझाउन जरुरी छ ।” नेता खाणले थपे ।
कांग्रेस भएकोमा सबैले गर्व गर्नु पर्छ, हामीले सहि पार्टी रोज्दै गर्दा पनि जनता र कार्यकर्तालाई सहि परिणाम दिन नसक्नु चिन्ताको विषय हो’। उनले भने ।




प्रतिक्रिया