बिराटनगर – प्रधानमन्त्री ओली नेतृत्वको नेकपामा लागेका नेता बालकृष्ण ढुंगेलले प्रचण्ड–नेपाल समूहले प्रतिगमन भयो भनेर कुप्रचार गरेको बताएका छन् ।
बिराटनगरमा आयोजित ओलीसमूहको आमसभालाई सम्बोधन गर्दै उनले संविधानको कुनै धारा निलम्बन नभएको भन्दै प्रचण्ड– नेपाल समूहको समनामा मात्रै प्रतिगमन भएको बताए ।
उनले प्रधानमन्त्री ओलीले नयाँ नक्सा पास गरेपछि केही साथीहरुको निद हराम भएको र उनीहरु पार्टी छाडेर हिडेको बताए ।
नेता ढुंगेलले यो देश पूर्वप्रधानमन्त्री र पूर्व प्रधानन्यायाधीशहरुले चलाउने देश नभएको भन्दै मन्त्रिपरिषद्ले चलाउने बताए ।
‘यो पूर्वप्रधामन्त्रीहरुले चलाउने देश होइन, यो देश वर्तमानको प्रधानमन्त्री र मन्त्रिपरिषद्ले चलाउँछ’, उनले भने ।
प्रचण्ड–नेपाल नेतृत्वको नेकपा छाडेर प्रधानमन्त्री ओली नेतृत्वको नेकपामा लागेका ढुंगेलले शनिबार पहिलोपटक विराटनगरमा आयोजित प्रदेश १ स्तरीय आमसभालाई सम्बोधन गरेका हुन् ।




प्रतिक्रिया