काठमाण्डु – कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण गृहमन्त्री बन्ने भएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको गृहमन्त्री खाँण बन्ने भएका हुन् ।
आजै देउवाको शपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालयमा राखिएको छ भने त्यसलगत्तै मन्त्रीहरुको पनि शपथ हुनेछ । देउवाले पहिलो चरणमा नेकपा माओवादी केन्द्रलाई समेटेर सानो आकारको मन्त्रिपरिषद् गठन गर्न लागेका हुन् ।




प्रतिक्रिया