गृहमन्त्री बालकृष्ण खाँड र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाँड र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री बालकृष्ण खाँड र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

मंगलबार बिहान सिंहदरबारमा गृहमन्त्री खाँड र चौथाईवालेबीच भेटवार्ता भएको हो । उनीहरुबीच पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

केही दिन अगाडि नेपाल आएका चौथाइवालेले सबै राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गरिरहेका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महन्थ ठाकुरलगायतका नेताहरसँग भेटवार्ता गरेका छन् ।