एमसीसीमा सहमति जुटाउने अन्तिम प्रयास : ओली फकाउन बालकोट पुगे गृहमन्त्री खाँड

एमसीसीमा सहमति जुटाउने अन्तिम प्रयास : ओली फकाउन बालकोट पुगे गृहमन्त्री खाँड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री बालकृष्ण खाड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । अमेरिकी सहयोग परियोजना (एमसीसी)मा सहमति जुटाउने अन्तिम प्रयास भइरहेका बेला गृहमन्त्री खाँड ओलीनिवास बालकोट पुगेका हुन् ।

भेटमा सत्तागठबन्धन र एमसीसीबारे छलफल भएको स्रोतले जानकारी दियो । एमसीसीका बारेमा सत्ता गठबन्धनमा मतभेद भइरहेका बेला एमाले र कांग्रेसबीच निरन्तर छलफल चलिरहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न अध्यक्ष ओली हिजो प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । ओलीसँग प्रधानमन्त्री देउवाले एमसीसी पास गर्न आफूलाई साथ दिन आग्रह गरेका थिए । तर, एमालेले संसदमा आफ्ना माग पूरा नगरेसम्म संसदीय प्रक्रियामा भाग नलिने अडान राख्दै आएको छ ।

त्यस्तै यसअघि आजै प्रधानमन्त्री देउवा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न खुमलटार पुगेका छन् ।  एमसीसी सदनमा टेवल भएपनि विरोधमा उत्रिएको माओवादीलाई मनाउन प्रधानमन्त्री देउवा खुमलटार पुगेका हुन् ।

देउवाले बहुमत जुटाउन विभिन्न दलका शीर्ष नेताहरुसँग भेटवार्ता गरिरहेका छन् । प्रधानमन्त्री देउवा खुमलटार गएपछि उनले गृहमन्त्री खाँडलाई आफ्ना दूतका रुपमा बालकोट पठाएका हुन् ।