बालकृष्ण खाणको बचाउमा कांग्रेस, अदालतले दोषी ठहर गरेपछि मात्रै काराबाही गर्ने

बालकृष्ण खाणको बचाउमा कांग्रेस, अदालतले दोषी ठहर गरेपछि मात्रै काराबाही गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पार्टी नेता बालकृष्ण खाणलाई अदालतले दोषी ठहर गरेपछि मात्रै पार्टीले काराबाही गर्ने बताएका छन्।

आइतबार नेपाली कांग्रेस चितवनले आयोजना गरेको पत्रकार भेटघाटमा नेता सिंहले आरोप लाग्दैमा कारबाही गरिहाल्नुपर्छ भन्ने नरहेको जिकिर गरेका हुन् । उनले अहिले अदालतमा विचाराधीन रहेको मुद्दामा कांग्रेसले पहिला पनि कारबाही नगरेको भन्दै खाणको विषयमा समेत मुद्दाको फैसला आएपछि मात्रै निर्णय गर्ने बताए।

‘पहिले पनि यस्ता मुद्दामा अदालतको फैसलापछि मात्रै कारबाही गर्ने गरिएको थियो। त्यहीअनुसार अहिले कारबाही नगरिएको हो।’, उनले भने । कांग्रेस भ्रष्टाचारको संरक्षणमा भने नलाग्ने उनले स्पष्ट पारे। उनले भने, ‘निष्पक्ष तवरले कानुनी राज्यको पक्षमा कांग्रेस रहेको छ।’ आफ्ना पार्टीका नेतालाई पर्दा कानुन लाग्नु हुँदैन भन्ने पक्षमा कांग्रेस नहरेको उनको भनाइ थियो।