वीरेन्द्र र सुजनको शव सेनाको ‘स्काई ट्रक’बाट सुर्खेत लगियाे

वीरेन्द्र र सुजनको शव सेनाको ‘स्काई ट्रक’बाट सुर्खेत लगियाे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा ज्यान गुमाएका सुजन रावत र वीरेन्द्र शाहको शव नेपाली सेनाको स्काई ट्रकमा राखेर सुर्खेत लगिएको छ।

मंगलबार बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेनाको स्काई ट्रकमा राखेर सुर्खेत लगिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

दुबैको शवको पोष्टमर्टम पाटन अस्पतालमा गरिएको थियो । सुर्खेतबाट छुट्टाछुट्टै हेलिकप्टरमा राखेर शवलाई घर पुर्‍याइने उपरीक्षक कार्कीले बताए ।

गत शुक्रबार बालकुमारीमा झडप हुँदा दैलेखका रावत र अछामका शाहको मृत्यु भएको थियो। रावतको इमाडोलस्थित किष्ट अस्पताल र शाहको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।