बालकुमारी घटना : छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन


काठमाण्डु –सरकारले ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाको अनुसन्धानका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।

साेमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले उच्च अदालतका न्यायाधीश शेखर पौडेलको संयोजकत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको हाे ।

पूर्वएआईजी अरुण बिसी र गृहका सहसचिव नारायण प्रसाद भट्टराई आयोगमा सदस्य रहेका छन् । सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार बालकुमारी घटनामा भएको मानवीय र अन्य क्षतिको विवरण अध्ययन गर्ने जिम्मेवारी आयोगलाई दिइएको छ ।आयोगलाई एक महिनाको समय दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement