बालकुमारी घटना : डीएसपी लम्साल र असई दनुवारको निलम्बन फुकुवा

बालकुमारी घटना : डीएसपी लम्साल र असई दनुवारको निलम्बन फुकुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ललितपुरको बालकुमारीमा दुई युवाको ज्यान गएको घटनामा निलम्बन परेका दुई प्रहरीको निलम्बन फुकवा भएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका डीएसपी उमेश लम्साल र तत्कालीन भौतिक योजना तथा यातायत मन्त्री प्रकाश ज्वालाका पर्सनल सेक्युरिटी अफिसर (पीएसओ) प्रहरी सहायक निरीक्षक (असई) बोधराज दनुवारको निलम्बन फुकवा भएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा दानबहादुर कार्कीले निलम्बन फुकवाका लागि कानूनले शाखाले लेखेर पठाइसकेको बताए । कानून शाखाले लेखेपछि सम्बन्धित मातहतको कार्यालयले प्रहरी अधिकारीको निलम्बन फुकुवा गरी नियमित कामकाजमा खटाउनुपर्ने हुन्छ ।

१३ पुस २०८० मा बालकुमारीको ईपीएस शाखाअघि पानी जहाज निर्माण क्षेत्रतर्फ भाषा परीक्षा दिएर असफल भएकाहरूले उत्पादनमुलक क्षेत्रतर्फ पनि भाषा परीक्षा दिन पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका बेला गोली चल्दा अछामको चौरपाटी गाउँपालिका–१ घर भएका २१ वर्षीय वीरेन्द्र शाह र दैलेखको महाबु गाउँपालिका–६ घर भएका २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो ।

घटनामा राम्रोसँग जिम्मेवारी निर्वाह गर्न नसकेको भन्दै डीएसपी लम्साल र असई दनुवारलाई निलम्बन गरिएको थियो ।

प्रहरी नियमावली २०७१ अनुसार कुनै पनि प्रहरी कर्मचारीलाई ६ महिनाभन्दा निलम्बन गर्न नमिल्ने उल्लेख छ ।