करिब साढे १ करोड थान मतपत्र छापियो

करिब साढे १ करोड थान मतपत्र छापियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमण्डु – प्रतिनिधिसभा निर्वाचनका लागि धमाधम मतपत्र छापिँदैछ ।

अहिलेसम्म १ करोड ४२ लाख आठ हजार थान मतपत्र छपाई भएको छ । सबै मतपत्र जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा छपाई भइरहेको छ ।

केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा ११ लाख १६ हजार थान मतपत्र छपाई भएको छ ।

कुल २ करोड ८ लाख ३ हजार थान मतपत्र छपाई गर्नुपर्ने केन्द्रले जनाएको छ । त्यसैगरी, कुल ११ हजार ४ सय ७८ बाकस मतपत्र प्याकिङ भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार २ सय २६ बाकस प्याकिङ भइसकेको केन्द्रले जनाएको छ । केन्द्रले १ करोड ९८ हजार २ सय थान नमूना मतपत्र आयोगमा पठाएको छ ।