काठमाण्डु – भूमि व्यवस्था तथा सहकारी, गरीबी निवारणमन्त्री बलराम अधिकारीले अहिलेको अवस्था नै आशंका नै आशंकामा रहेकाले छानबिन गरेर मात्र बोल्नुपर्ने बताएका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठक बाहिर पत्रकारहरूसँग बोल्दै उनले कसको पालामा के भयो भनेर मजाले अध्ययन गर्नुपर्ने तर अरुलाई मात्र दोष लगाउन नहुने बताए ।
मन्त्रीहरू घुसकाण्डमा मुछिएको घटना बाहिर आएपछि सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा उनले हल्लाका भरमा नबोल्ने बताए । उनले विधिमा रहेर जनताको सेवा गर्ने बताए ।
आशंका र हल्लाका भरमा बाहिर बोल्न नमिल्ने बताएका मन्त्री अधिकारीले सत्यतत्य केही दिनमा बाहिर आउने जिकिर गरे ।
संसद् बाहिर सांसदहरू गणेश पराजुली, हरि ढकाल, लेखनाथ दाहाल, मनिष झा, महेश बर्तौला लगायतले सञ्चारकर्मीहरूसँग धारणा राखेका थिए ।




प्रतिक्रिया