काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता घुसकाण्डमा जोडिएर राजीनामा दिएको भोलिपल्ट अर्का मन्त्री घुसकाण्डमा मुछिएका छन् ।
पोखरामा व्यक्तिको नाममा जग्गा दर्ता गर्ने चलखेलमा भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले ३२ लाख घुस रकम लिएको अडियो सार्वजनिक भएको छ ।
सार्वजनिक नयाँ अडियोमा पोखराको जग्गाका लागि घुस रकम लिनेमा गुप्तासँगै भूमि व्यवस्थामन्त्री बलराम अधिकारी, सामान्य प्रशासन मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेल, मन्त्री अधिकारीका छोरा मनोज अधिकारीको नाम उच्चारण गरिएको छ ।
अडियोमा जग्गा मिलाउन मन्त्री अधिकारीले छोरामार्फत ३२ लाख लिएको दाबी गरिएको छ भने सामान्य प्रशासनमन्त्री गुप्ताले ३५ लाख र सचिव पोखरेलले ५ लाख लिएको बताइएको छ । अडियो संवादमा जग्गाका लागि डेढ करोड खर्च भइसकेको दाबी गरिएको छ ।




प्रतिक्रिया