पूर्वप्रधानमन्त्री ओलीले छाेडे बालुवाटार

पूर्वप्रधानमन्त्री ओलीले छाेडे बालुवाटार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छोडेका छन् ।

उनी बालुवाटारबाट निजी निवास भक्तपुरको बालकोटका लागि प्रस्थान गरेका हुन । ओलीलाई राष्ट्रिय युवा संघ नेपाल र नेपाल खेलकुद महासंघले मोटरसाइकल र गार्डी यालीसहित स्कटिङ्ग गरेको छ । एमाले कार्यकर्ताहरु पनि उनको बिदाईमा बालुवाटार पुगेका छन् ।

सर्वोच्च अदालतले २८ असारमा प्रतिनिधिसभा विघटन बदर गरेसँगै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि ओली पदमुक्त भएका थिए ।