काठमाण्डु – नेकपा एमालेका सांसदहरू लालबाबु पण्डित, तुलसी थापा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी भएका छन् ।
यसअघि कुनै समूहको बैठकमा सहभागी नभएका उनीहरु प्रधानमन्त्री ओलीले बेलाएको बैठकमा उपस्थित भएका हुन् । नेता पण्डितले आफु आधिकारीक पार्टीको पक्षमा रहेकाले बैठकमा उपस्थित भएको बताए ।
त्यस्तै माधव कुमार नेपाल समूहकी सांसद गंगा चौधरी ‘सत्गौवा’ र कलिला खातुन पनि उक्त बैठकमा सहभागी भएकी छन् । नेपाल समूहका केही सांसदहरु सानेपाबाट बालुवाटार जाँदै गर्दा बीच बाटोबाटै फिर्ता भएका थिए भने उनीहरु बैठकमा पुगेका हुन् ।




प्रतिक्रिया