ललिता निवास जग्गा प्रकरणः भाटभटेनीका सञ्चालकसहित ४९ जनाविरुद्ध २१ दिने सूचना जारी

ललिता निवास जग्गा प्रकरणः भाटभटेनीका सञ्चालकसहित ४९ जनाविरुद्ध २१ दिने सूचना जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा ४९ जनाविरुद्ध २१ दिने सूचना जारी गरिएको छ ।

आइतबार भूमिसुधार तथा मालपोत कार्यालय काठमाण्डुले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने ४९ जना जग्गा धनीविरुद्ध २१ दिने सूचना जारी गरेको हो ।

२०७७ साल चैत २० को भूमिसुधार कार्यालयको आदेश अनुसार ४९ जनाको घरमा सूचना बुझाउन जाँदा घर/ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै २१ दिन भित्र उपस्थित हुन भनिएको छ ।

सूचनाअनुसार तीन साताभित्र मालपोत कार्यालयमा कारणसहित उपस्थित नभए सम्बन्धित व्यक्तिको नाममा रहेको जग्गा सरकारको नाममा जानेछ ।

बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने मुख्य अभियुक्त भाटभटेनीका सञ्चालक मीनवहादुर गुरुङ, शोभाकान्त ढकालसहित ४९ जनाको नाम गोरखापत्रमा प्रकाशित गरिएको छ ।