मन्त्रालयको टुंगो लगाउन तीन दलका नेता बालुवाटारमा

मन्त्रालयको टुंगो लगाउन तीन दलका नेता बालुवाटारमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्ता गठबन्धनका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

सोमबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव आन्तरिक छलफलमा जुटेका हुन् ।

मन्त्रिपरिषद् विस्तारमा ढिलाई भइरहेका तीन दलका शीर्ष नेताहरु छलफलमा जुटेका हुन् । उनीहरुबीच मन्त्रालयलगायतका विषयमा छलफल हुने बताइएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । देउवा नेतृत्वको सरकारमा चार जना मन्त्री र एक जना राज्यमन्त्री रहेका छन् ।