बालुवाटारमा सर्वदलीय बैठक सुरु, एमालेद्वारा बहिस्कार

बालुवाटारमा सर्वदलीय बैठक सुरु, एमालेद्वारा बहिस्कार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदीलय बैठक सुरु भएको हो । उनले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुलाई बैठकमा बोलाएका हुन् ।

बैठकमा कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका शीर्ष नेतालाई बोलाइएको छ ।

तर, नेकपा एमालेले बैठकमा सहभागी भएन । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफूहरुका माग सभामुखका विषयमा भएकाले सर्वदलीय बैठकमा सहभागी नभएको बताए ।

‘जबसम्म हाम्रा माग पूरा हुँदैनन् । तबसम्म हामी कुनै पनि बैठकमा सहभागी हुँदैनौं,’ उनले भने ।

आजको बैठकमा संसदमा देखिएका गतिरोध हटाउने, मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायत समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।

एमालेले १४ जना सांसदलाई कारवाहीको माग गर्दै लगातार संसद बैठक अवरुद्ध गरिरहेको छ ।