काठमाण्डु – बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका दम्पती जेलबाट छुटेका छन् । बालुवाटारको सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका दम्पतीलाई केन्द्रीय अनुसन्धान (सिआईबी)ले रिहा गरेको हो ।
बिचौलियाको आरोपमा पक्राउ गरेका लेखनदास ५७ वर्षीय रामकुमार सुवेदी र उनकी पत्नी ५५ वर्षीया माधवी सुवेदीलाई मंगलबार हाजिरी जमानीमा छोडेको सीआईबीका प्रमुख धिरज प्रताप सिंहले जानकारी दिए ।
आवश्यक परेको बेला उपस्थित हुने सर्तमा उनीहरुलाई छाडिएको सिंहले बताए । उनीहरुलाई सरकारी वकिलसँगको समन्वयमा छाडिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।




प्रतिक्रिया