काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईबीच शनिबार बिहान भेटवार्ता भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा यी दुवैबीच पार्टी एकता गर्ने सहमति भएको जनाइएको छ । शनिवार बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग नेसपाका अध्यक्ष भट्टराई र नेताहरु गंगा श्रेष्ठ र विश्वदीप पाण्डे सहभागी भएका थिए ।
यी दुई दलबीच चुनाव अघि नै एकता गर्ने गरी छलफल भएको थियो ।




प्रतिक्रिया