काठमाण्डु- आठ दलीय गठबन्धनको बैठक बसिरहेको छ । बालुवाटारमा जारी बैठकमा समसामयिक राजनीति, प्रधानमन्त्रीले विश्वासको मत लिनेलगायत विषयमा छलफल हुने जनाइएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत शीर्ष नेताको उपस्थिति रहेको छ । गत शुक्रबार बसेको आठ दलको बैठकले कांग्रेसको उम्मेदवारलाई आगामी राष्ट्रपतिको निर्वाचनमा समर्थन गर्ने निर्णय गरेको थियो।




प्रतिक्रिया