काठमाण्डु – सत्तारूढ गठबन्धन दलका नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटार पुगेका छन् ।
एनसेलको शंकास्पद शेयर खरिद–बिक्रीबारे छलफल गर्न नेताहरू बालुवाटार पुगेका जनाइएको छ ।
यसअघि मंगलबार साँझ पनि गठबन्धन दलका नेताहरूबीच छलफल भएको थियो । बैठकमा सबै नेताहरू छानबिनका लागि सहमत भएका छन् ।
बुधबार संसद्का २ संसदीय समितिमा एनसेलबारे छलफल भएको छ । लेखा समिति र अर्थ समितिमा शेयर बिक्रीबारे छलफल भएको छ ।




प्रतिक्रिया