बालुवाटार बैठकमा भारतीय विदेशमन्त्री जयशंकरको भ्रमणबारे छलफल

बालुवाटार बैठकमा भारतीय विदेशमन्त्री जयशंकरको भ्रमणबारे छलफल


काठमाण्डु – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणबारे चर्चा भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत नेता सहभागी बैठकमा जयशंकरको भ्रमणबारे चर्चा भएको हो ।

‘भारतीय विदेशमन्त्री आउँदै हुनुहुन्छ । भारतसँगका विभिन्न सन्धि, पञ्चेश्वर, महाकाली सन्धि सहितमा उहाँसँग कसरी कुरा गर्ने भन्ने पनि छलफल भयो,’ नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले भने ।

बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारी बाँडफाँटबारे समेत छलफल भएको छ ।