प्रधानमन्त्री शाह पूजापाठ गर्दै सरकारी निवास बालुवाटार प्रवेश

प्रधानमन्त्री शाह पूजापाठ गर्दै सरकारी निवास बालुवाटार प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ पूजापाठ गर्दै सरकारी निवास बालुवाटार प्रवेश गरेका छन् ।

प्रधानमन्त्री शाहले शुक्रबार दिउँसो शितलनिवासमा आयोजित समारोहबिच राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेर पदभार ग्रहण गरेका थिए ।

त्यसलगत्तै मन्त्रिपरिषद्को बैठक सम्पन्न गरेपश्चात उनी काठमाण्डुको बालुवाटारस्थित सरकारी निवासमा प्रवेश गरेका हुन् ।

निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार नै निवास छाडेकी थिइन् ।