बालुवाटारमा ‘सारंगी साँझ’, मन्त्री र केन्द्रीय सदस्यलाई भोज

बालुवाटारमा ‘सारंगी साँझ’, मन्त्री र केन्द्रीय सदस्यलाई भोज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा अर्को रात्रि भोज आयोजना गरेका छन् । केही दिनअघि बालुवाटारमै नेकपाका सांसदहरुलाई भोज दिएका ओलीले मंगलबार साँझ ‘सारंगी साँझ’ को आयोजना गरेका हुन् ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपाको माघ १५ देखि १९ सम्म चलेको केन्द्रीय कमिटी बैठकपछि ओलीले नेताहरुका लागि निरन्तर भोजको आयोजना गरिरहेका छन् ।

माघ १९ गते राति सांसद र पार्टीका केन्द्रीय सदस्यहरुलाई रात्रि भोज दिएलगत्तै ओलीले बालुवाटारमा अर्को राजनीतिक जमघट गरेका हुन् ।

कार्यक्रममा ९ सदस्यीय नेकपा केन्द्रीय सचिवालयका सदस्यहरु, प्रधानमन्त्री ओली, मन्त्रीहरु र सिमित निम्तालुका लागि बोलाइएको छ ।

नेकपा सचिवालयमा अध्यक्षसमेत रहेका प्रम ओलीका अलावा सहभागी हुनेमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल सदस्य छन् ।