प्रधानमन्त्री निवास बालुवाटारबाट अधिकारकर्मी कृष्ण पहाडी सहित १५ जना पक्राउ

प्रधानमन्त्री निवास बालुवाटारबाट अधिकारकर्मी कृष्ण पहाडी सहित १५ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – दण्डहीनताको अन्त्य र मानवअधिकार संरक्षणको माग गर्दै बालुवाटार पुगेका १५ जनाभन्दा बढी मानवअधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । विश्व मानवअधिकार दिवसको अवसरमा प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिन खोजेका अधिकारकर्मी कृष्ण पहाडी लगायतलाई प्रहरीले पक्राउ गरेको हो ।

बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको न्याय र हत्यामा संलग्नलाई कारबाही लगायतका माग गर्दै ७० औँ अन्तर्रा्ष्ट्रिय मानव अधिकार दिवसको अवसरमा उनीहरु बालुवाटार पुगेका थिए। निषेधित क्षेत्र तोड्न खोजेपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

निर्मला पन्तको बालात्कार र हत्या घटनामा दोषीको पहिचान हुन नसक्नु राज्यको अक्षमता लेखिएको व्यानर सहित उनीहरु बालुवाटार पुगेका थिए । मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको प्रदर्शनमा महिलामाथी हुने हिंसा र अत्याचार जघन्य अपराध भएको भन्दै रोक्न माग गरिएको थियो ।