बालुवाटार जग्गा अनुसन्धानको मुख्य प्राथमिकतामा छः अख्तियार प्रमुख घिमिरे

बालुवाटार जग्गा अनुसन्धानको मुख्य प्राथमिकतामा छः अख्तियार प्रमुख घिमिरे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले अख्तियारले देशभरका १ हजार ८४८ ठेक्काको विषयमा पनि अनुसन्धान गरिरहेको बताएका छन् ।

आइतबार अख्तियार कार्यालय हेटौंडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त घिमिरेले १ हजार ८४८ मध्ये मुख्य ४७ वटा ठेक्कालाई अनुसन्धानको मुख्य प्राथमिकतामा राखिएको जानकारी दिए ।

त्यस्तै कर्मचारीले घुस खाए कार्यालय प्रमुखलाई पनि कारबाही गर्ने चेतावनी दिएका छन् । अख्तियारका कर्मचारीलाई सेवाग्राही बनाएर सरकारी कार्यालयमा पठाइरहेको जानकारी दिए ।

प्रमुख आयुक्त घिमिरेले भने, ‘आयोगले सेवाग्राही बनाएर अख्तियारको कर्मचारी बढी आर्थिक कारोबार हुने कार्यालयमा पठाइरहेको छ । अब कर्मचारीले घुस लिएको भेटिए कार्यालय प्रमुखलाई समेत कारबाही गर्छौं ।’

‘एक खर्ब ४८ अर्ब रुपैयाँ सरकारी पुँजी व्यवसायीको हातमा रहेको पाइएको छ, यसको विश्लेषण हेर्दा ठेक्काको अवस्था डरलाग्दो छ,’ उनले भने ।

साथै उनले बालुवाटार र जुम्लाको गुठिचौरस्थित सार्वजनिक जग्गा हिनामिनाका घटनालाई प्राथमिकतामा राखेर सुक्ष्म अनुसन्धान गरिरहेको बताए ।