बालुवाटार बैठक : मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति

बालुवाटार बैठक : मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माभव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् ।

प्रचण्ड र नेपालले आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग छलफल गरेका हुन् । उनीहरुबीच भएको भेटमा मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको थियो । सत्ता गठबन्धनका दलका शीर्ष नेताबीचको बैठकमा केही दिनमै मन्त्रिपरिषद्लाई पूर्णता दिने समझदारी भएको जनाइएको छ ।

आजको बैठक जसपाका अध्यक्ष उपेन्द्र यादव अनुपस्थित भएकाले देउवा नेतृत्वको मन्त्रिपरिषद् बिस्तारबारे अनौपचारिक छलफलमा सीमित भएको छ । मन्त्रिपरिषद् बिस्तारबारे गठबन्धनमा आवद्ध सबै दलहरुबीच भोलिदेखि औपचारिक छलफल हुने नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले बताए ।

प्रधानमन्त्री देउवा र प्रचण्डबीच शनिबार पनि मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको थियो । करिब डेढ घण्टा भएको छलफलमा मन्त्रिपरिषदलाई चाँडै पूर्णता दिने सहमति भएको थियो ।

२९ असारमा सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री देउवाको मन्त्रिपरिषद्मा हाल एक राज्यमन्त्रीसहित पाँच जना मन्त्री छन् । सरकार बनेको डेढ महिना हुँदा पनि प्रधानमन्त्री देउवाले सरकार विस्तार गर्न नसकेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।