पाँच दलीय गठबन्धनको बैठक जारी, मन्त्रालय बाँडफाँड टुंगो लगाउने तयारी

पाँच दलीय गठबन्धनको बैठक जारी, मन्त्रालय बाँडफाँड टुंगो लगाउने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक जारी छ । केही बेरअघि सुरु भएको बैठकमा मन्त्रालयको भागबन्डा टुंगो लगाउने विषयमा छलफल भइरहेको छ ।

बैठकमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल छन् ।

आइतबार बिहान र साँझ दुईपटक बैठक बसे पनि मन्त्रालय भागबन्डाका विषयमा सहमति नजुटेपछि अहिले पुनः गठबन्धनका नेताहरूको बैठक बसेको हो ।

प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले भने समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताए । गठबन्धनका दलबीच कुन दलले कति मन्त्रालय लिने भन्नेमा सहमति भएपछि आजै सम्बन्धित दलले मन्त्री बन्नेहरूको नाम दिने र मन्त्रिमण्डल विस्तार गर्ने तयारी छ ।

हाल कांग्रेसले प्रधानमन्त्रीसहित सात र अरु दलले ६, ६ मन्त्रालय लिने सहमती भएको छ । गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा रहेका छन् ।

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार बनेको डेढ महिना बितिसक्दा पनि सरकारले पूर्णता पाउन नसकेपछि सर्वत्र आलोचना भइरहेको छ ।