प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच निर्णायक छलफल सुरु

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच निर्णायक छलफल सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल सुरु भएको छ । उनीहरुबीच भएको यो दोस्रो छलफल हो । यसअघि आजै नयाँ बानेश्वरस्थित संसद भवनमा प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष अओलीबीच छलफल भएको थियो । सो क्रममा उनीहरूबीच पुनः साँझ छलफल गर्ने सहमति भएको थियो ।

केहि बेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा एमाले नेताहरू ईश्वर पोखरेल, विष्णु पौडेल र सुवास नेम्वाङ छन् भने कांग्रेसका तर्फबाट महामन्त्री गगन थापा सहभागी छन् । एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा बढ्दो ध्रुवीकरणबीच नेपाली कांग्रेस र नेकपा एमालेबीच सहकार्यको प्रयास सुरु भएको छ ।

सत्तारुढ गठबन्धनभित्रबाटै एमसीसी अनुमोदनमा समर्थन नजुटेपछि प्रधानमन्त्री देउवाले एमालेको साथ खोजेका हुन् । त्यसका लागि एमालेले संसद अवरोधका दौरान राख्दै आएका माग सम्बोधनबारे खुला छलफल गर्न प्रधानमन्त्री देउवा तयार भएका हुन् ।

देउवाले गत फागुन ५ गते साँझ बालकोट पुगेरै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्यको संकेत गरेका थिए । गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसी अनुमोदनमा साथ नदिने बताएपछि देउवाले थालेको प्रयत्न निर्णायक मोडमा आइपुगेको छ ।

एमालेसँग संवादकै लागि प्रधानमन्त्री देउवाले आज प्रतिनिधिसभाको बैठक स्थगन गर्न माग गरेका थिए । शुक्रबार बस्ने प्रतिनिधिसभा बैठक अगाडि नै एमसीसी संसदबाट अनुमोदन हुने सुनिश्चितता देउवाले खोजेका छन् । त्यसका लागि एमालेले उठाउँदै आएका मागबारे छलफल गर्न देउवा तयार भएका हुन् । सम्भवत आजको बैठकमा एमसीसी पास गर्ने र सभामुखलाई हटाउन महाअभियोग प्रस्ताव ल्याउने लगायतका सहमति हुने सम्भावना रहेको स्रोत बताउँछ ।