दिउँसो ४ बजे बालुवाटारमा सर्वपक्षीय बैठक बस्दै

दिउँसो ४ बजे बालुवाटारमा सर्वपक्षीय बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नेपालको कालापानी र लिपुलेक आफ्नो नयाँ नक्सामा समेटेपछिको परिस्थितिबारे छलफल गर्न सर्वपक्षीय बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीले आज दिउँसो ४ बजे बालुवाटारमा सर्वपक्षीय बैठक बोलाएका उनका प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्यालले जानकारी दिए । बैठकमा पूर्वप्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्र मन्त्रीहरू, राजनीतिक दलका नेता, सीमाविद्, परराष्ट्र मामिलाका जानकार लगायतलाई बोलाइएको छ ।

भारतले कालापानीलाई आफ्नो नक्सामा समेटेपछि नेपालमा त्यसको व्यापक विरोध भइरहेको छ । विभिन्न राजनीतिक दल, तिनका संगठन र सरकारले नै भारतीय कदमको विरोध गरेका छन् । भारतले भने नयाँ नक्सामा कुनै फेरबदल नगरिएको दाबी गर्दै आएको छ ।