काठमाण्डु – नेकपा एमालेका दोस्रो तहका नेताबीच चार घण्टा वार्ता भएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपाल पक्षका चार जना नेताबीच ६ बजेबाट साँझ ८ बजेसम्म बालुवाटारमा भेटवार्ता भएको हो ।
पार्टीलाई कसरी एक ढिक्का बनाउने, आगामी वैशाख २७ गते प्रधानमन्त्रीलाई विश्वासको मत दिने, नेपाल पक्षका मागका विषयमा छलफल भए पनि सहमतिमा पुग्न नसकेको स्रोतले जानकारी दियो । शनिबार पुनः छलफलमा बस्नेगरी बैठक टुंगिएको बताइएको छ ।
ओली समूहबाट स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल सहभागी थिए भने नेपाल समूहबाट स्थायी कमिटी सदस्य योगेश भट्टराई, घनश्याम भुसाल र गोकर्ण विष्ट सहभागी थिए ।




प्रतिक्रिया