गठबन्धनबीच मन्त्रालय बाँडफाँडमा कुरा मिलेन, आजै सभापति र अध्यक्षहरु छुट्टै बस्ने

गठबन्धनबीच मन्त्रालय बाँडफाँडमा कुरा मिलेन, आजै सभापति र अध्यक्षहरु छुट्टै बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ । मन्त्रालयको भागबन्डा मिलाउन बसेको पाँच दलको बैठक बिना निष्कर्ष टुंगिएको हो ।

नेपाली कांग्रेस, माअ‍ोवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बसेको बैठक बिना निष्कर्ष टुंगिएको नेताहरुले बताएका छन् । साँझ पुनः बस्नेगरी बैठक टुंग्याइएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।

मंगलबार साँझ बस्ने बैठकमा पाँच दलका सभापति र अध्यक्षहरु मात्रै बस्नेछन् । मन्त्रालय भागबन्डामा नेताहरुले आ–आफ्नो अडान लिएपछि बैठक बिना निष्कर्ष टुंगिएको हो ।

पाँच दलबीचमा ६ मन्त्रीसहित एक जना राज्यमन्त्री बनाउने सहमति भएपनि कुन मन्त्रालय कसले पाउने भन्ने विवाद टुंगो नलागेको हो ।