सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदल बैठक बालुवाटारमा बस्दै

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदल बैठक बालुवाटारमा बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँटको लागि सत्तारुढ गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ। बैठक विहान ९ बजेबाट सुरु हुने कार्यदलका सदस्य मिहलाल पूरीले जानकारी दिएका छन्।

कार्यदलका संयोजक तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला भने बैठकमा अनुपस्थित रहनेछन्। कोरोना भाइरसको संक्रमण भएका कारण उनी बैठकमा अनुपस्थित हुने भएका हुन्।

कार्यदलको बैठक बालुवाटारमा पटक पटक बस्दै आएपनि सत्तारुढ दलहरुबीच सिट बाँडफाँटमा कुरा मिल्न सकेको छैन।