काठमाण्डु – बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सुरु शनिबारको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी भएका छन् । बैठक बस्नुअघि नेकपा अध्यक्षद्वयबीच वान टु वान भेट भएको थियो।
यसअघि गत मंगलबार प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका कारण सचिवालय बैठक आजसम्मका लागि स्थगित गरिएको थियो । आजको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेका अलग–अलग प्रस्तावमाथि छलफल गर्ने तयारी छ ।




प्रतिक्रिया