काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री दाहालसँगको भेटवार्ताका लागि मुख्यमन्त्री जम्मकट्टेल आज बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेट भएको हो। प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री जम्मरकट्टेलबीच बधाई साटासाट भएको थियो। साथै, बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तारबारे पनि उनीहरुबीच छलफल भएको छ।




प्रतिक्रिया