रास्वपाको समानुपातिक सूची देखेर जेनजी अगुवा रक्षा बमको मन खिन्न !

रास्वपाको समानुपातिक सूची देखेर जेनजी अगुवा रक्षा बमको मन खिन्न !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जेनजी अगुवा रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचीप्रति असन्तुष्टि जनाएकी छन् ।

मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले समानुपातिक सूची देखेर मन खिन्न भएको प्रतिक्रिया दिएकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सदियौंदेखि पछि पारिएका समुदाय, पछाडि पारिएका ठाउँ र उनीहरूको आवाजलाई सदनमा प्रतिनिधित्व गराउने उद्देश्यले नेपालको संविधानमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिएको हो । निश्चित वर्गको हालीमुहाली तोड्न, सदियौंदेखिको असमान शक्ति वितरणका कारण पछाडि पारिएका समुदायहरूको उत्थान गर्न यो प्रणाली लागू गरिएको थियो । दु:खद कुरा चै, हिजो हजारौंको बलिदानबाट प्राप्त भएको यही समानुपातिक प्रतिनिधित्व प्रणालीलाई आज दलहरूले सांसद पद बिक्री केन्द्र बनाएका छन् । आफ्ना नातेदार भर्ती गर्ने केन्द्र बनाएका छन् र यतिखेर दलहरूको समानुपातिक सूची देखेर मन खिन्न भयो ।’

रास्वपाले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र रहेको चितवनबाट २१ जना परेका छन् भने सुदूरपश्चिमबाट २ जना मात्रै पारिएको भन्दै आलोचना भइरहेको छ ।

उनले लेखेकी छन्, ‘मेरो सुदूर अझै पनि सुदूर नै छ । त्यहाँका मानिस, त्यहाँका समुदाय र वर्षौंदेखि राजधानीबाट अपहेलित एउटा भूगोल पनि यो देशको मानचित्रमा पर्छ भन्ने कुरा सबैले बिर्सिएका छन् । यो देशको सत्तालाई सम्झाउनैपर्नेछ कि सुदूर पनि यही देशको मानचित्रमा पर्छ ।’