वामदेव गौतम भन्छन् -ओली-प्रचण्डले सरकार आलोपालो चलाउनुपर्छ

वामदेव गौतम भन्छन् -ओली-प्रचण्डले सरकार आलोपालो चलाउनुपर्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्युठान – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तन हुने बताएका छन् ।शुक्रबार प्रेस संगठन प्यूठानले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता गौतमले सरकार सञ्चालनका लागि नेकपाले ५ वर्षको म्यान्डेट पाएकाले अध्यक्षद्वयले आलोपालो सरकार चलाउनु पर्ने बताएका हुन् ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकताकै क्रममा सरकारको नेतृत्व आलोपालो गरेर गर्ने सहमति भएको भन्दै नेता गौतमले त्यसबाट दायाँबायाँ नहुने बताए। सहमतिबाट दायाँबायाँ भए पार्टी एकता बिथोलिने उनको भनाइ थियो ।  नेता गौतमले सहमति पूर्ण रुपमा पालना हुने समेत विश्वास व्यक्त गरे । ‘सहमति उल्लंघन गर्दा पार्टी एकता बिथोलिन्छ’, उनले भने, सहमति उल्लंघन गर्दा पार्टी एकता बिथोलिने भएकाले जे सहमति भएको हो, त्यो हुन्छ, कसैले उल्लंघन गर्न सक्दैन।’ प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली देश बाहिरि भएका बेला गौतमको भनाई राजनीतिमा तरंग ल्याएको छ।

त्यस्तै उनले देशको आर्थिक विकासका लागी ऋण आवश्यक भएको बताएका छन्। नेता गौतमले ऋण लिएकै कारण अमेरिका अहिले विश्वको सबैभन्दा शक्तिशाली र विकसित भएको बताए। ‘जसले बढि ऋणको प्रयोग गर्न सक्छ उसैले विकास गर्न सक्छ।’ उनले भने,‘नेपालका विकासका लागी विदेशी लगानी र ऋण महत्वपुर्ण हो।’ नेता गौतमले बजेट जनपक्षीय भएको भन्दै त्यसको बचाउ गर्न खोज । ‘जनताको चाहना र आकांक्षा अनुसार बजेट आएको छ।’ उनले भने, ‘जनपक्षीय बजेटका कारण सरकारको प्रशंसा भइरहेको छ।’ सरकारले अगाडी सारेका कार्यक्रमहरु कार्यन्वयन भएरै छाड्ने दाबी पनि गरे।