अर्थतन्त्र बलियो बनाउन भारतसँगको खुला सीमा बन्द गर्नुपर्ने वामदेव गौतमको तर्क

अर्थतन्त्र बलियो बनाउन भारतसँगको खुला सीमा बन्द गर्नुपर्ने वामदेव गौतमको तर्क

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रियसभा सदस्य तथा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले अर्थतन्त्र बलियो बनाउन नेपाल–भारतको खुला सीमा बन्द गर्नुपर्ने बताएका छन् र

अभियानको केन्द्रीय समिति बैठकले गरेका निर्णयहरू बुधबार सार्वजनिक गर्दै उनले तस्करी रोक्नका लागि खुला सिमाना बन्द गर्नुपर्ने बताए ।

नेपालबाट भारततर्फ र भारतबाट नेपालतर्फ सुनदेखि मानव तस्करी समेत हुने गरेको बताउँदै उनले खुला सिमाना तत्काल बन्द गराउनुपर्ने बताए । उनले संसारमा कुनै पनि देशमा केही क्षेत्रमा बाहेक सिमाना खुला नभएको बताए ।

उनले भने, ‘नेपालबाट भारत र भारतबाट नेपालतर्फ सुन तस्करी, मानव तस्करी, सामान तस्करी, पशु तस्करी हुने गरेको छ । यसले देशको अर्थतन्त्रलाई निकै कमजोर बनाएको छ । नेपालको अर्थतन्त्र बलियो बनाउन पनि खुला सिमाना बन्द गर्नुपर्छ ।’

उनले १९५० को सन्धि पुनरावलोकन हुनुपर्ने र कालापानी क्षेत्रबाट भारतीय सेना फिर्ता पठाउनुपर्ने माग पनि राखेका छन् ।