वामदेव गौतम माओवादीमा जान सक्ने तर प्रचण्डसँग राखे यस्तो शर्त


काठमाण्डु – पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले नेकपा माओवादी केन्द्रमा जान सकिने बताएका छन् तर शर्त राखेर ।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका पीडित परिवारसँग माफी मागे माओवादीमा जान सकिने बताए ।

जनयुद्धका सिलसिलामा माओवादीले धेरै नराम्रा काम गरेको भन्दै उनले प्रचण्डले माफी माग्नुपर्ने बताए । प्रचण्डले जनताका घरघरमा गएर माफी मागे आफू माओवादीमा जानसक्ने उनले बताए ।

उनले भने, ‘कमरेड प्रचण्डले पीडितका घरमा गएर, आफूले गरेको गल्ती हो भनेर राजनीतिक व्यक्तिको हत्या गर्नु गल्ती थियो नभनेसम्म म त्यो पार्टीमा सदस्यता लिएर जान सक्दिनँ । अहिलेकै अवस्थामा जानसक्ने पार्टी भनेको एमाले र एकीकृत समाजवादी नै हो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement