अन्ततः वामदेव गौतम एमालेमा फर्किंदै

अन्ततः वामदेव गौतम एमालेमा फर्किंदै


काठमाण्डु – नेता वामदेव गौतमले अन्ततः नेकपा एमालेमा फर्किने भएका छन् ।

नेकपा एकीकृत समाजवादीमा समाहित हुन पछिल्ला हप्ताहरूमा वार्ता गरिरहेका गौतमले अब एमालेमा फर्किने निधो गरेका हुन् ।

उनीनिकट स्रोतका अनुसार आईतबार नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गरेपछि गौतम एमालेमा फर्किने भएका हुन् ।

उनी नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान एमालेमा जाने भएपछि त्यसबाट असन्तुष्ट केही नेताहरू माओवादी केन्द्रमा जाने भएका छन् ।