काठमाण्डु – राष्ट्रियसभा सदस्य वामदेव गौतमले आफूलाई एकीकृत समाजवादीमा नजाओस् भनेर नेकपा एमालेले पार्टीमा आउन प्रस्ताव गरेको टिप्पणी गरेका छन् ।
बुधबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमालेसँगको प्रस्ताव अघि नबढेको गुनासो पोखे ।
उनले भने, ‘हामी समाजवादीमा जाने एक किसिमले सहमति भइसकेको जस्तो थियो । निर्णय त गरिसकिएको थिएन । मनचाहिँ त्यस्तो भइसकेको थियो । त्यही बेलामा प्रस्ताव आयो । त्यो प्रस्ताव समाजवादीतिर नजाओस् भनेर रहेछ ।’
समाजवादी र एमालेमा भएका साथीहरू आफूले जाने बुझेकै भएकाले जता गए पनि जनता खुसी हुने उनले बताए । उनले अब नेकपा एकता राष्ट्रिय अभियान बलियो बनाउनतिर लाग्ने तयारी रहेको खुलासा गरे ।
एमाले परित्याग गरेर एकता अभियान चलाइरहेका गौतम पछिल्लो समय एमालेमा जाने चर्चा चले पनि त्यसको टुंगो लागेन ।




प्रतिक्रिया