वामदेव गौतमले प्युठानबाट संघीय चुनाव लड्ने

वामदेव गौतमले प्युठानबाट संघीय चुनाव लड्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले संघीय चुनावमा प्युठानबाट प्रतिस्पर्धा गर्ने चाहना व्यक्त गरेका छन् ।

नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट आगामी प्रतिनिधिसभाको चुनाव लड्न सहमत भएका गौतमले निर्वाचन क्षेत्र पनि परिवर्तन गर्ने भएका हुन् । २०७४ मा बर्दिया–१ बाट चुनाव लडेका गौतम यसपटक प्यूठान फर्किन लागेका हुन् ।

निकट स्रोतका अनुसार सत्ता गठबन्धनले भागबन्डाको टुंगो लगाए पनि आफूलाई प्युठान सजिलो हुने गौतमको भनाइ छ । २०७० मा गौतमले प्यूठान–१ र बर्दिया–१ बाट जितेका थिए । त्यसपछि २०७२ को संविधानले दुई ठाउँबाट चुनाव लड्ने प्रावधान हटाएपछि २०७४ मा गौतम बर्दिया १ बाट चुनाव लडे तर, पराजित भए ।