वामदेव गौतमको राष्ट्रियसभा सदस्यविरुद्ध परेको रिटको सुनुवाइ हुँदै

वामदेव गौतमको राष्ट्रियसभा सदस्यविरुद्ध परेको रिटको सुनुवाइ हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- पूर्वमन्त्री वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाएको विरोधमा योग्यतामाथि प्रश्न उठाएर दायर रिटको बुधबार सुनुवाइ हुने भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रिराज भट्टले दायर गरेको छुट्टाछुट्टै रिट निवेदनमाथि बुधबार सर्वाेच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो ।

भदौ २०७७ मा गौतमलाई राष्ट्रिय सभामा मनोनयन गरिएको थियो । प्रतिनिधिसभा सदस्यमा पराजित गौतमलाई सोही कार्यकालमा राष्ट्रिय सभा सदस्य बनाउन नमिल्ने जिकीर गर्दै अधिवक्ताद्वयले रिट दर्ता गरेका हुन् ।