बामदेव गौतमले आज नयाँ दल घोषणा गर्दै

बामदेव गौतमले आज नयाँ दल घोषणा गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नयाँपार्टी खोल्ने भएका छन्।

गौतमले आज अपरान्ह ३ बजे काठमाण्डुमा पत्रकार सम्मेलन गरी नयाँ पार्टी गठन गरेको सार्वजनिक गर्ने कार्यक्रम छ। गौतमले नेपाल कम्युनिष्ट पार्टी (राष्ट्रिय एकता अभियान) नामको पार्टी खोल्ने उनी निकट स्रोतले जनाएको छ ।

नेकपा विभाजन पश्चात् छुट्टै अभियानमा रहेका गौतमले आफू पक्षधरको भेला गर्दै आएका थिए । नेकपालाई पुनर्जीवित गर्ने प्रयासमा रहेका उनीपनि एकीकरण हुने अवस्था नबनेपछि नयाँ दल गठन गर्न लागेका छन् । यसअघि उनी नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बनेका थिए।