प्रधानमन्त्री भेट्न टिचिङ पुगे उपाध्यक्ष गौतम

प्रधानमन्त्री भेट्न टिचिङ पुगे उपाध्यक्ष गौतम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपा उपाध्यक्ष वामदेव गौतम अस्पताल पुगेका छन् । बिहीवार महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर गौतमले ओलीसँग भेट गरेका हुन् ।

भेटपछि उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको आफूले चिकित्सकबाट जानकारी पाएको बताए ।

बुधवार प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । ओलीलाई झापा घर भएकी भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला दिएकी हुन् ।