काठमाडौं – पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले झुटसँग नझुक्ने चेतावनी दिएका छन् ।
प्रन्टिङ प्रेस खरिदको ७० करोड कमिसन प्रकरणमा अडियो सार्वजनिक भएर पदबाट राजीनामा दिएका बाँस्कोटाले आफ्नो घरमा बम विस्फोट भएपछि मंगलबार ट्वीटरमार्फत धारणा सार्वजनिक गर्दै बमगोला हाने पनि झुटसँग नडराउने उल्लेख गरेका हुन् ।
ट्वीट गर्दै उनले भनेका छन्, ‘सत्यसँग नलड्ने झुटसँग नझुक्ने, बम गोला जे हाने पनि मेरो जीवनको सङ्कल्प यति हो ।’
७० करोड कमिसन प्रकरणमा आफ्नो संलग्नता नभएको दावी बाँस्कोटाले गर्दै आएका छन् । यसै क्रममा प्रतिबन्धित नेकपा विप्लव समूहले उनको घरलाई लक्षित गरि केही दिनअघि बम बिस्फोट गराएको थियो ।




प्रतिक्रिया