मैले गुट मान्दैन, ओली र प्रचण्डकै अगाडि गम्भीर आलोचना गर्छुः उपाध्यक्ष गौतम

मैले गुट मान्दैन, ओली र प्रचण्डकै अगाडि गम्भीर आलोचना गर्छुः उपाध्यक्ष गौतम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तीमा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिफारिस नगरेको स्पष्ट पारेका छन् । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरेको छ ।

उनले उक्त जिम्मेवारीका निम्ति प्रधानमन्त्रीसमक्ष सिफारिस नगरेको बताएका हुन् । ‘मेरै जोडमा उनी नियुक्त भएका हुन् भन्ने कपोलकल्पित तथा भ्रामक खबर सवत्र व्याप्त पारिएको छ’, उनले भने, ‘तर, सुशील भट्ट वा कुनै पनि व्यक्तिको नियुक्तिका निम्ति मैले प्रधानमन्त्री वा कोही व्यक्तिसँग पनि केही भनेको छैन । यो मेरो सरोकार भन्दा बाहिरको विषय हो ।’

त्यस्तै उपाध्यक्ष गौतमले आफू कुनै पनि गुटमा नलागेको बताएका छन् । उनले भने, ‘म समुहगत रुपमा यी कसैसंग जोडिएको छैन र जोडिन पनि चाहन्न । तर क. ओली र क. प्रचण्डले भेट्न बोलाउँदा म जाने गरेको छु’, उनले भनेका छन्, ‘सल्लाह सुझाव र राय पनि दिने गरेको छु । मैले आफुलाई स्वतन्त्र राख्ने कोशिश पनि गरेको छु पछिल्लो मैले पार्टीमा राखेको ६ वुदे प्रस्ताव त्यसकै एउटा उदाहरण हो ।’

त्यस्तै अध्यक्षहरुसँग भेट गर्दा आलोचना गर्ने गरेको बताउँदै उपाध्यक्ष गौतमले आफूलाई गुट नमान्ने बताएका छन् ।

‘मैले समय–समयमा भेट गरेको वेला क. ओलीकै अगाडि उहाँलाई गम्भीर आलोचना गर्ने गरेको छु । क. प्रचण्डुलाई पनि उहाँकै अगाडि उहाँको आलोचना गर्ने गरेको छु’, उनले भने, ‘पार्टी अध्यक्ष दुवै वा एक्लै वोलाएको वैठक वा भेलालाई मैले गुट मान्दैन । त्यसो भएर मलाई यो वा त्यो गुटसंग संवन्धित गराएर उल्लेख नगरिदिन अनुरोध गर्छु ।’