उपाध्यक्ष गौतमको प्रस्ताव राष्ट्रपति कार्यालयमा दर्ता, आजै सपथ

उपाध्यक्ष गौतमको प्रस्ताव राष्ट्रपति कार्यालयमा दर्ता, आजै सपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने प्रस्ताव राष्ट्रपति कार्यालयमा दर्ता भएको छ ।

गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आजै राष्ट्रियसभामा मनोनयन गर्नेछिन् ।  राष्ट्रपतिको कार्यालयले गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गरेको सूचना राष्ट्रियसभाको सचिवालयलाई पठाएलगत्तै आजै सपथ हुनेछ ।

गौतमलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सपथ ग्रहण गराउनेछन् । उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा मनोनीत गर्ने सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको थियो ।