उपाध्यक्ष गौतम राष्ट्रियसभा सदस्यमा मनोनीत

उपाध्यक्ष गौतम राष्ट्रियसभा सदस्यमा मनोनीत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेकी छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गौतमलाई राष्ट्रियसभामा लैजाने प्रस्ताव राष्ट्रपति कार्यालयमा सिफारिस भएको थियो ।

राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले ‘गौतम मनोनयमा  परेको सूचना आजै संसद सचिवालयमा पठाउने बताए ।

सचिवालयले आजै गोतमलाई सपथ ग्रहण गराउने तयारी गरेको छ । गौतमलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सपथ ग्रहण गराउनेछन् ।

गत भदौ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।