काठमाण्डु – राष्ट्रियसभा सदस्यमा मनोनीत भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष वामदेव गौतमको सपथ केहीबेरमा हुने भएको छ । गौतमलाई राष्ट्रिपति विद्या भण्डारीले राष्ट्रियसभामा नोनीत गरेकी थिइन् ।
गौतमले सांसदको पद तथा गोपनीयताको शपथ आज अपराह्न ४ बजे लिने संसद् सचिवालयले जनाएको छ । सपथग्रहण सिंहदरबारस्थित कृषि समितिको हलमा हुनेछ ।
गत भदौ २९ गते बसेको मन्त्रिपरिषद्को नियमित बैठकमा राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रियसभाको एक पदमा गौतमको नाम नियुक्त गर्न सिफारिस गरेको थियो ।
गौतमलाई राष्ट्रपति भण्डारीले संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम सरकारको सिफारिसमा माथिल्लो सदनको सदस्यमा मनोनीत गरेकी हुन् ।




प्रतिक्रिया